नेपाल स्ट्रिट प्रिमियर लिगका लागि टिम दर्ता प्रक्रिया सुरु


 नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट प्रतियोगिता हो।

लिगमा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन मार्फत वा इमेल [email protected] मार्फत मा इमेल गरेर फारम लिन सक्नेछन्। टिम छनोट ब्रिडिङ प्रणालीमार्फत हुने आयोजकले जनाएको छ।

दर्ता शुल्क प्रति टिम ५०,००० हुनेछ भने यो फिर्ता नहुने जनाइएको छ। दर्ता मिति साउन १ देखि १५ (जुलाई १७–३१) सम्म रहनेछ।

दर्ताका लागि कम्पनी नेपालमा दर्ता भएको हुनुपर्ने, कर तिरेको प्रमाणपत्र हुनुपर्ने र सफा रेकर्ड भएको हुनुपर्ने उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय कम्पनीले फ्रेन्चाइज लिन चाहँदा स्थानीय कम्पनीसँग संयुक्त लगानी गर्नुपर्ने बताइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।