काठमाडौं महानगरपालिकाको बजेट पारित


काठमाडौँ।

काठमाडौं महानगरपालिकाको बजेट सर्वसम्मतिले पारित भएको छ । काठमाडौँ महानगरको १७औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको हो।

आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोष र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।