काठमाडौँ
पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल अन्तर्गत बानेश्वर बहुमुखी क्याम्पस एकाइको शनिवार सम्पन्न विशेष अधिवेशनमार्फत सुधिर रिमाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
रिमालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको छ । जसमा उपाध्यक्ष माधवराज लामिछाने, सचिव दीपकबाबू निरौला, सहसचिव भरतराज बराल, कोषाध्यक्ष लावण्यदेवी घिमिरे र सदस्यमा जगदीशचन्द्र घिमिरे, सोहनचन्द्र मिश्र, धर्मराज तिमल्सेना, बालसिंह पोखरेल, शैलजा न्यौपाने, लिलाराज भट्टराई निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्य समितिलाई क्याम्पस प्रमुख प्रा. डा. घमानसिंह खड्काले बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैगरी निर्वाचन मण्डलका संयोजक प्रा. डा. विष्णु सापकोटा तथा निवर्तमान अध्यक्ष सहप्राध्यापक रामेश्वर काफ्लेले संयुक्त रूपमा नवनिर्वाचित समितिलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै पदभार ग्रहण गराउनु भएको छ । उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष रिमालले प्राध्यापकहरूको हकहितसँगै समग्र क्याम्पसको उन्नयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी पब्लिक क्याम्पस प्रध्यापक संघका केन्द्रिय सदस्य सहप्रध्यापक चिरिञ्जीवी तिमल्सेनाले नवगठित कार्यसमितिलाई शुभकामना तथा बधाई दिँदै समितितिसँग केन्द्रिय प्रध्यापक संघले समन्वयात्मक तवरले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया