मेरी बास्सै’ की अप्सरा आमाको निधन


काठमाडौं ।

लोकप्रिय हास्यश्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।

लामो समयदेखि स्तन क्यान्सरबाट पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको हो।

कलाकार सुशीला निरौलाले श्रेष्ठको निधनको पुष्टि गरेकी हुन्। श्रेष्ठको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिँदैछ।