निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने तेस्रो फिल्म जहाजैमामा लोकप्रिय हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएका छन्।कृषा र केदारले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन्। ‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ। हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ। उहाँलाई फिल्ममा भित्र्याउन पाउँदा निकै नै उत्साहित छौँ’ कृषाले भनिन्। फिल्मको हाल प्रि–प्रोडक्सनको काम चलिरहेको छ।
मल्टिस्टारर कलाकार रहने फिल्ममा यसअघि अभिनेता सौगात मल्ल र जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन्। फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ।
यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले निर्माण गर्ने फिल्मको भदौबाट नेपाल, जापान र फिलिपिन्समा छायांकन गरिनेछ।
प्रतिक्रिया