जापानमा सर्वनाश भविष्यवाणीपछि आतंक, पर्यटकहरू त्रसित


काठमाडौं ।

भूकम्प र सुनामी जस्ता प्राकृतिक प्रकोपहरूको सामना गरिरहेको जापान पछिल्ला दिनहरूमा नयाँ आतंकले सकसमा छ । जुन-जुलाईमा पर्यटकहरूले भरिएको जापानमा यतिबेला करिब कर्फ्यूको वातावरण छ। यसको कारण ‘सर्वनाश हुने’ भविष्यवाणी हो।

जुन बाबा वाङ्गा (रिया तात्सुकी)ले यो भविष्यवाणी गरेकी हुन् । उनले यसअघि पनि बेला-बेला विनाशकारी घटनाहरूको सही भविष्यवाणी गरेकी थिइन् । यस कारणले गर्दा, बाबा वाङ्गाको चेतावनीलाई हल्का रूपमा नलिइएको हो ।

यही कारणले जापानमा पछिल्ला केही हप्ताहरूमा लाखौं उडान टिकटहरू रद्द गरिएका छन्।