मिसन पैसा नामक फिल्ममा सानो भूमिकामा देखिएका आशिफ शाहले लभ सासा र दुई रुपैयामा मुख्य अभिनेताको रूपमा काम गरे, कर्कश नामक फिल्मको निर्देशन पनि गरे। उनै आशिफ धेरैपछि भोलि शुक्रबारबाट विदेशसँगै नेपालमा रिलिज हुने जन्ते बाख्रोबाट फेरि दर्शकसामु आउँदैछन् ।
म्युजिक भिडियो निर्देशकको रूपमा स्थापित आशिफ जन्ते बाख्रोका क्यारेक्टर आप्mनो स्वभावसँग मिल्दोजुल्दो भएकाले अफर आएको बताए । ‘निर्देशक सिमोस सुनुवारले मेरो पात्रको बारेमा सुनाउँदै यो कसलाई सुहाउला भनेर एकजना मेकअप आर्टिस्टलाई सोध्नु भएछ। उहाँले आशिफ दाइलाई सुहाउला भनेपछि निर्देशकले ढुक्क भएर मलाई अफर गर्नुभएको रहेछ’ आशिफ सुनाउँछन् । निर्देशक सिमोसले पनि उक्त पात्रमा आशिफलाई सोचेका रहेछन्। ‘हाम्रो साथीभाई र काम गर्ने साथीभाई उस्तै उस्तै छन्। त्यसैले मैले आशिफलाई अफर गर्नु अगाडि अरुबाट कन्फर्म गरेको थिए“। मैले काठमाडौंबाहिर हुँदा नै फोनमार्फत क्यारेक्टरको बारेमा जानकारी दिएर फिल्म गर्नुपर्छ भनेको थिए“’ सिमोसले सुनाए ।
आशिफलाई फिल्ममा सौगात मल्ल छन् भन्ने कुराले उत्साहित बनाएको रहेछ। ‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मद्दत गरेका छन् । उनले सिकाएको शैलीले हाम्रो पात्रलाई जीवन्त बनाउन मद्दत गरेको छ । यो काम गराई मेरा लागि अभिनय शिक्षा जस्तो पनि भयो। सौगातबाट अभिनयमा शिक्षित भएको महसुस गरेको छ’ आशिफको भनाइ थियो ।
आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायतका कलाकारले अभिनय गरेको फिल्म मुइन इन्टरटेनमेन्टको ब्यानरमा सन्तोष गौतमले निर्माण गरेका हुन्। फिल्ममा कथा प्रदीप भारद्वाज, छायांकन निर्देशन हरि हुमागाईं, छायांकन उत्तम हुमागाईं र सम्पादन सुनिल शिवभक्तिको रहेको छ ।
प्रतिक्रिया