राज र सनिशाको रोमान्टिक रूप


आज शुक्रबार रिलिजमा आउने फिल्म नरसिंहा: अवतारको तिम्रो मात्र हुने मन छ बोलको गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा सैराज खाती र सनिशा सुनुवारको स्वर छ।

रोमान्टिक प्mलेवरको गीतमा नायक राज कटुवाल र नायिका सनिशा भट्टराइलाई रोमान्टिक अवतारमै प्रस्तुत गरिएको छ। गीतको भिडियो माइकल चन्दले कोरियोग्राफी गरेका छन्।

दिवाकर भट्टराईको लेखन र निर्देशनमा बनेको फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिवजंग बस्नेत, प्रकाशजंग कु“वर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जनलगायतका कलाकारले अभिनय गरेका छन्।

नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेद्वारा निर्मित फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन, राजु थापाको डीओपी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।