गुल्मी ।
गुल्मीमा यस वर्ष ५ करोड ७० लाख बराबरको गुडखुदो उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश मरासिनीका अनुसार जिल्लामा ५९४ मेट्रिक टन गुडखुदो उत्पादन भएको छ ।
जिल्लाभित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुडखुदो अन्यत्र निर्यात भएको छ । प्रमुख उत्पादन क्षेत्र छत्रकोट र रुरुक्षेत्रका ६२५ घरधुरीले उखु खेती गरिरहेका छन् ।
दिगामका रामकृष्ण न्यौपाने, किरण न्यौपाने र जगदीश पाण्डेले संयुक्त रूपमा एक करोडको लगानीमा तीन वर्षदेखि व्यावसायिक उखु खेती र गुडखुदो उत्पादन गर्दै आएका छन् । गाउँले ग्रुप अफ इन्डस्ट्रीज प्रालिमार्फत उनीहरूले तीन सय रोपनी जग्गामा उखु खेती गर्दै आएका छन् ।
उक्त कम्पनीले स्थानीय किसानहरूको उखु खरिद गरेर प्रतिकिलो ३०० रुपियाँमा गुड र प्रतिलिटर १८० रुपियाँमा खुदो बिक्री गर्दै आएको छ । दिगामको गुडखुदोको माग बजारमा बढ्दो छ ।
प्रतिक्रिया