कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैँछ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।