समाधान खोज्ने कि देशलाई ‘फाइट क्लब’ बनाउने ?

0
Shares

यतिखेर राज्य सञ्चालकसहित बुद्धिजीवी मानिसहरुको सोच नै लोभी भएको छ । अहिले देशमा फसादको जड नै यही हो । देशमा नेताहरुले चाहेको जस्तो सबै तन्त्र आयो ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि सबै आयो । संघीयता पनि आयो । सानो र गरिब मुलुकमा खासै यसको आवश्यकता थिएन । सकी नसकी भएभरको राष्ट्रधन बगाउँदा जेनतेन राज्यले संघीयता धानिराखेको छ तर उपलब्धि भने खास केही छैन । सिवाय हरेक क्षेत्रमा महँगो संस्कार । यसबाहेक विदेशबाट आएको रेमिट्यान्स अथवा युवाहरुको रगत–पसिना लगाएर कमाएको रकम भने यी नेताहरुलाई पाल्न र मोज गर्न ठिक्क भएको छ ।

यी तन्त्रहरु र संघीयता केको र कसका लागि ल्याएका हुन् यिनीहरुले ? यस्तो राज्यले गाईजात्रा हेरिराख्नुभन्दा संघीयता खारेज गरेको भए गणतन्त्र झन् मजबुत होलाजस्तो लाग्छ । कारण कमसे कम देशमा आर्थिक अभाव त हुँदैनथ्यो होला नि । किनकि अहिले देशमा रोजगार समस्या हे¥यो उस्तै, महँगी हे¥यो, राष्ट्रधनको नोक्सान हे¥यो, सबै । आखिर के भइराखेको छ यो देशलाई ?

अहिले देशको लागि खास राम्रो भिजन केही छैन, सिवाय आफ्नो परिवार ठूलो बनाउने, दशतिरबाट राष्ट्रधनको नोक्सान गर्ने, गाली, कलह, फाल्तु गफमा समय खेर पठाउनेबाहेक भन्दाखेरि नेपाली जनताको राम्रो दिन कहिले आउँछ त ? हुन त यो पनि जनताको गल्तीको नतिजा नै हो, राम्रा नेताहरु अब्सन नहुनुको कारण । तर सधैँ यस्तो नहोला । किनकि अब समयले गर्दा राम्रा नेताहरु पनि देशमा आउन शुरु भएको छ ।

त्यस कारण अब आउने दिनहरुमा यस्तो गल्ती नगरौं, राम्रा नेता छनौट गर्नको लागि नेपाली जनताले एकपल्ट फेरि दोहो¥याएर भन्नुपर्दा देशमा लोकतन्त्र, गणतन्त्र आयो, संघीयता आयो, देशको मुहार केही फेरियो तापनि खासै मानिसको जीवन सरलीकरण हुन सकिराखेको छैन । देश चलाउनेहरुले गर्दा राष्ट्रधन बालुवामा पानी हालेसरह मात्र भइराखेको छ । देशका नेताहरु लोभ, स्वार्थमा नपरी जम्बो सरकार नबनाई अगाडि बढेको भए शायद यस्तो हुँदैनथ्यो होला ।

देशको राष्ट्रधन खासै कुनै प्रयोगमा आउन सकेन, मिसयुज धेरै भएको छ । नत्र भने देशमा राजमार्ग, पुल, बाँधजस्ता निर्माण भई मुलुक सुस्त हुनदैनथ्यो होला । यसबाहेक विदेशीको धेरै ऋण खाएर देश चलाउनेहरु विदेश तथा भारतको अगाडि सधैँ नुन खाएको कुखुराजस्तै भएर बस्नुपर्दैनथ्यो होला । एउटा कुरा हामीले के सोच्नुपर्दछ भने, गलत कुरा रोपेर राम्रो कुरा केहिल्यै पनि फल्दैन । अहिले देशको कहानी पनि यही नै हो । अहिले देशको अवस्था ठीक छैन ।

अझ योभन्दा ठूलो कुरा नेपालीहरुको दिन नै ठीक छैन । यही कारण देशमा खराब संस्कारको विकास भएको छ । जुन रोक्ने लक्षण नै देखिराखेको छैन । अहिलेको परिप्रेक्ष्यमा देश सुस्त भए पनि केही विकास भएको पनि छ, जस्तै– मानिसहरुको रहनसहन, खानपिन, विदेश–मोहको बाजी, साथमा शिक्षा, स्वास्थ्य आदि । तैपनि यी कुरा चलाउन मानिसलाई कष्ट र असह्य पनि छ । अहिले यसै गरी मानिसहरुको जीवन गुज्रिरोखेका छ, हाम्रो देशमा ।

समग्रमा भन्नुपर्दा जुन लक्ष्य लिएर देशमा लोकतन्त्र, गणतन्त्र आयो, त्यसको खासै राम्रो नतिजा जनमानसले पाइराखेका छैनन् । न व्यक्तिले, न समाजले, न मुलुकले नै, खालि गाली, कलह र एक–अर्कालाई सिध्याउनुबाहेक । वास्तवमा भन्ने हो भने नेपाली जनताको खराब दिन बाँकी रहुन्जेल र यो देशमा व्यक्ति, समाज, राज्यले आपूmलाई बदल्न नसकुन्जेल मुलुक यस्तै भइरहन्छ जस्तो लाग्छ ।

एउटा कुरा के छ भने, देश र नेपाली जनताको राम्रो दिन आएपछि कसैको बाउको केही लाग्दैन, सबै आफैँ ठीक भएर आउँछ । तर त्यसको लागि धैर्य गर्नु सक्नुप¥यो हामीले । त्यसैले यी सब कुराहरु समयको खेल र भगवान्को नाटक मात्रै हो जस्तो पनि लाग्छ । त्यसकारण समयअनुसार हामी पनि बदलिनुपर्दछ जस्तो लाग्छ । आउने पुस्ताको भविष्यको लागि यति मात्र होइन, यसबाहेक जति पनि गलत संस्कारलाई मानिसहरुले अँगालिराखेका छन्, जस्तै– गणतन्त्रको नाममा भ्रष्टाचार, चम्चागिरी, दादागिरी, बाँडीचुँडी खाने, गाली, कलह, स्वार्थ आदिजस्ता कुसंस्कारलाई पनि त्याग्नुपर्दछ ।

राम्रो कुराको विकास गर्न सक्नुपर्दछ । साथमा देशको समस्या समाधानका लागि प्रत्येक नागरिक र राज्य लागिपर्नुपर्छ । यो बाहेक एकले अरुलाई राम्रो संस्कार सिकाउने हो । जबसम्म मानिसले आफ्नो राम्रो सोचको विकास गर्न सक्दैन, देशको नेतृत्व चलाइराख्ने पनि उही हो । देशमा पार्टीहरु मात्र धेरै भएर हुँदैन, बल्की गुणस्तर हुनुपर्दछ ।

अहिले देशमा केही नेता र राजावादीहरुको कलहझैँ भइराखेको छ । जनताले उनीहरुको शासन पनि हेरिसकेका छन् । कुनै पनि पार्टीहरु देश र जनताका लागि मजबुत हुनुपर्ने हो अनि मात्र फलामले फलामलाई काटेर आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ । त्यसैले अब राज्यले उदार नीति अपनाउन सक्नुपर्छ र सबैतिर ध्यान दिएर कडा हुनु जरुरी छ ।

अन्त्यमा के भन्न चाहन्छु भने, एकपल्ट पाउने जीवनमा लोभी, दुष्ट, अल्छी, चाकडीबाज मात्र भएर बाँच्नुहुँदैन । यसले सबैको सर्वनाश हुन्छ । बरु आफूले सक्ने सानोतिनो योगदान गर्ने हो, अन्यथा राम्रो र कुकर्मको फल पनि यही धर्तीमा भोग्नुपर्दछ हामीले । जसले राम्रो कर्म गर्छ, उसको जीवन सरल तरिकाले जाने गर्छ । जसले गलत कर्म मात्र गर्छ, त्यसको नतिजा स्वास्थ्य, सन्तान, भविष्य र अर्को जन्मले दिने हो, स्मरण रहोस् । अब समस्याको समाधान खोज्ने कि देशलाई ‘फाइट क्लब’ बनाउने ?