शैलजा आचार्यको १७औं स्मृति दिवसमा जहदामा स्मरण कार्यक्रम


काठमाडौं ।

नेपाली कांग्रेसकी पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री शैलजा आचार्य को १७औं स्मृति दिवसको अवसरमा मोरङको जहदामा विशेष कार्यक्रम आयोजना गरिएको छ।

डा. शेखर कोइराला ले श्री कृष्ण प्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकद्वारा आयोजित उक्त कार्यक्रममा सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा शैलजा आचार्यको योगदान र नेपाली राजनीतिमा उहाँले पुर्‍याएको भूमिकाको स्मरण गरिएको थियो। साथै, श्री कृष्ण प्रसाद कोइराला सेवा गुठीकी अध्यक्ष मिता आचार्य लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।