उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं १०, ११ र १२ लाई लक्षितगरी स्थानीय साइक्लिनिङ समुहले यही जेष्ठ ३० गते शनिबारदेखि गाईघाट रनको आयोजना गर्ने भएका छन् ।

बुधबार त्रियुगा नगरपालिकाको वडा नं ११ को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सायक्लिनिङ समुहका बाबुराजा श्रेष्ठले सभ्य समाज निर्माण गर्न, स्वास्थ्य तन्दुरुष्ती राख्न, मानसिक विकार हटाउन, योग्य खेलाडी निर्माण गर्न असल चरित्र निर्माण गर्न तत्काल प्रत्येक महिनाको अन्तिम शनिबार कार्यक्रम संचालन गर्ने योजना रहेको बताइएको छ ।

कार्यक्रममा संयोजक बाबुराजा श्रेष्ठले तत्कालको लागि हरेक महिनाको पहिलो शनिबार र स्वास्थ्य सचेतना कार्यक्रम जगाउन यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिंदै पछि प्रत्येक महिननाको अन्तिम शनिबार र पछि प्रत्येक महिनाको प्रत्येक शनिबार संचालन गर्ने योजना रहेके बताए ।
उनले छरिएर रहेका नगरभित्रका युवाहरुलाई एकत्रित गरेर सभय समाज निर्माण गर्न सभ्य नगरमा परिणत गर्न अहिले कुनै पनि संघ संगठन नबनाई शुरुआत गर्न लागिएको र पछि संस्थागतरुपमा योजनावद्ध रुपले कार्यक्रम संचालन गर्ने बताए ।
तत्काल कुनै पनि प्रायोजक नलिइकन कार्यक्रम संचालन गर्ने र पछि आवश्यक परेमा संस्थागत रुपमा सल्लाह गरेर प्रायोजक खोज्न सकिने जानकारी दिंदै प्रत्येक बिहान मर्निङ वाक जानेहरुकालागि लक्षित गरी बिहान ६ बजे नै रुट निर्धारण गरेर अभियानका रुपमा दौड शुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।











प्रतिक्रिया