‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत


काठमाडौं ।

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको केही समयपछि भारतीय सेनाले पहिलो पटक सार्वजनिक रुपमा अपरेसनबारे जानकारी दिएको छ ।

आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय थल, जल र वायु सेनाका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा ‘अपरेसन सिन्दूर’को बिस्तृत विवरण सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दूरको बारेमा जानकारी दिए ।

घइतेले ब्रिफिङको क्रममा भने, ‘सेनाद्वारा नौ आतंकवादी लुकेका ठाउँहरूमा सटीक लक्ष्यका साथ आक्रमण गरियो । यी आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिए । यसमा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद जस्ता उच्च मूल्यका आतंककारीहरू समावेश थिए ।’

यी तीन जना आईसी ८१४ को अपहरण र पुलवामा विस्फोटमा संलग्न रहेको उनले बताए । लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ‘त्यसको केही समयपछि, पाकिस्तानले पनि नियन्त्रण रेखा उल्लंघन गर्‍यो । यो शत्रुको अनियमित र आतंकित प्रतिक्रिया थियो जसको परिणामस्वरूप दुर्भाग्यवश ठूलो संख्यामा नागरिक, गाउँ र गुरुद्वारा जस्ता धार्मिक स्थलहरूलाई निशाना बनाइयो । धेरै नागरिकहरूले आफ्नो ज्यान गुमाए ।’ बीबीसी