काठमाडौँ।
भारत र पाकिस्तानबीच ८६ घण्टा लामो युद्ध शनिबार साँझ ५ बजे समाप्त भएको ३ घण्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ। जम्मू कश्मीरमा सीमापार पाकिस्तानको उत्तेजक गतिविधि फेरि एकपटक तीव्र भएको भारतीय संचारमध्यमले जनाएका छन् । शनिबार राति पाकिस्तानले धेरै गोलीबारी गरेको र कश्मीरको बारामुल्ला जिल्लामा एक शंकास्पद ड्रोनका कारण विस्फोट भएको भारतीय संचारमध्यमहरुले जनाएका छन्।
आजतकका अनुसार, पाकिस्तानले अखनूर, राजौरी र आरएसपुरा अन्तर्राष्ट्रिय सीमामा तोपखाना प्रहार गरेको छ। यस्तै सोही समयमा बारामुल्लामा ड्रोन आक्रमण गरेको छ। बारामुल्लामा ब्ल्याकआउट भएको र श्रीनगरका धेरै क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द भएको छ।
यसबाहेक राजौरीमा पनि गोलीबारी भएको रिपोर्ट आएको बताइएको छ।
प्रतिक्रिया