वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौँ।

बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा , काठमाण्डौ महानगरपालिका वडा नं. ४ बस्ने सुदिप मान सिंह बस्नेत रहेका छन्।

उनले क्यानडा लैजाने भन्दै ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई लितपुर लपुमनपा. वडा नं. २५ भैसेपाटीबाट शुक्रबार पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।