काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, दिउँसो साढे ४ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
तीन खेलबाट दुई जित निकालेको जनकपुर बलियो मनोबलका साथ मैदान उत्रँदा एक जितमा सीमित विराटनगर पनि जितको खोजीमा हुनेछ। यता, एक जित र एक बराबरी खेलेको लुम्बिनीसँग भिड्न लागेको पोखरा भने लगातार दुई हारपछि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।











प्रतिक्रिया