पाल्पाको निस्दीमा जीप दुर्घटना, ६ जना घाइते  


पाल्पा। 

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । शुक्रवार नवलपुरको अरुणखोलाबाट निस्दीको मित्याल तर्फ आउँदै गरेको  लु १ ज २६४९ नम्बरको जीप करिब ४ बजेतिर  मित्यालको लामेदमारमा दुर्घटना भएको हो ।

 दुर्घटनामा परेर निस्दी -४, मित्याल, झ्यालतुङका ३९ वर्षकी धनसरी बयम्बु र ३० वर्षकी पुष्पा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुको उपचारका लागि नवलपुरमा लगिएको पहरीले जनाएको छ । 

जीपमा चालकसहित  १२ जना सवार रहेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवलदार राजेश  रानाले बताएका छन्  ।  घटनाको थप अनुसन्धान भइरहेको छ ।