काठमाडौँ ।
आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडेका छन् ।
थाइल्यान्डमा आजदेखि सुरु हुने भनिएकाे क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हाे ।
हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । साे खेल बिहान ८ः४५ बजे सुरु हुनुपर्ने तालिका रहेको थियो ।
प्रतिक्रिया