प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२: विभिन्न विधामा ३३ खेल सम्पन्न


काठमाडौं।

जङ्गी अड्डामा जारी प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२ अन्तर्गत आज(मंगलबार) सम्पन्न भएका विभिन्न विधाका जम्मा ३३ खेलहरूमा खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गर्दै विजयी भएका छन्।

प्रतियोगिताको महिला एकल खुला विधामा सम्पन्न २ खेलमा प्रकृति श्रेष्ठ र शिभाली गुरुङ विजयी बन्न सफल भए।

पुरुषको डबल तर्फ सम्पन्न ५ खेलहरूमा निम्न जोडीहरूले विजय हासिल गरे:

निजेज महर्जन र अर्जेन शेर्पा

प्रनव खनाल र प्रितम परियार

निहाल जंग बहादुर थापा र आरभ हाडा

शास्वत बज्राचार्य र बोरिस अधिकारी

अभिनय अछामी र रन्जित अछामी

३५ प्लस पुरुष एकलमा ९ खेलहरू सम्पन्न भए। जसमा एलुम दिक्षित, भिम बहादुर थापा मगर, सन्तोष खत्री, जितेन्द्र परियार, समिर गुरुङ्ग, राम बहादुर नेपाली, दावा सोनम शेर्पा, भिष्म जंग गुरुङ्ग र सन्दिप कुमार लामा विजयी भए।

४५ प्लस पुरुष एकल तर्फ सम्पन्न ८ खेलमा कमल बहादुर भण्डारी, सुकमान तामाङ्ग, मान बहादुर कटवाल, देव बहादुर क्षेत्री, छेवाङ्ग लामा, सम्दुप कुमार लामा, सुमित मैनाली र रोहित सुनुवार ले जित हासिल गरे।

५५ प्लस पुरुष डबलमा सम्पन्न ८ खेलहरूमा निम्न जोडीहरूले विजय प्राप्त गरे:

उत्तम बोगटी र सञ्जय झा

विमल वाइवा र हिमाल शाह

प्रताप मोक्तान र मनोज राना

राम राना र सागर बहादुर के.सी.

दिगेन्द्र श्रेष्ठ र शिव सेडाई

चन्द्र शाही र सुनिल गुरुङ्ग

बाबुकृष्ण कार्की र राजु राई

जीवन घिमिरे र सुदर्शन विष्ट

त्यस्तै ७० वर्ष माथिका पुरुष एकल मा सम्पन्न एक मात्र खेलमा गौतम लाल प्रधान विजयी भएका छन्।

प्रतियोगिता यही बैशाख २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ।