काठमाडौँ।
सरकारसंग अन्तिम वार्ताको तयारीमा रहेको नेपाल शिक्षक महासंघको बैठक जारी छ । करिब एक घण्टादेखि जारी बैठकमा विभिन्न घटकले आफनो धारणा राखिरहेका छन् । उच्चस्रोतका अनुसार महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेका ९ बुँदे निर्णय कार्यान्वयन गर्न र ऐन जारी गर्ने सुनिश्चितता गर्नुपर्ने मुख्य माग रहेको छ ।
बुद्धनगरमा जारी बैठकमा १५ घटकका अध्यक्षले आ-आफ्नो धारणा राखेका थिए । अधिकांसले सबै पार्टीका प्रमुख सचेतकले ऐन ल्याउने मिति घोषणा गर्नुपर्ने अडान राखेका छन् । त्यस्तै बैठकले ९ बुँदे निर्णयलाई मन्त्रीपरिषद्ले पारित गर्नुपर्ने अडान राखेका छन् ।
यी दुई विषयबाहेक अन्यमा कुनैपनि सम्झौता हुदैन । आन्दोलन जारी रहन्छ–महासंघका एक सदस्यले न्युज अफ नेपालसंग भने । मध्यरातमा भएको वार्तामा सरकारीपक्षले आर्थिक विषयसँग जोडिएको कुनैपनि निर्णय मान्य नहुने अडान राखेका थिए । ‘मन्त्री ज्युले ९ बुँदे निर्णय कार्यान्वयन गर्न सक्नुहोला जस्तो लागेन, ब्युरोक्रेटले भाँजो हालिरहे–स्रोतले भन्यो ।
हिजोको बैठक खासै उपलब्धि भएन, आज बेलुकी बस्ने बैठकले सम्झौता गर्ने वा फेरि आन्दोलनलाई निरन्तरता दिने भन्ने विषयमा निर्णय गर्नेछ । यसैबीच ६ दिनपछि हुने कक्षा १२ को परीक्षा अन्योल हुने देखिएको छ । महासंघका अधिकांस सदस्यले परीक्षा सञ्चालन गर्न दिएर आन्दोलनको मोडालिटी फेर्ने सुझाव दिएका छन् ।
भने केहीसदस्यले आन्दोलन अन्तिम घडीमा पुगिसकेको अवस्थामा माग पुरा नहुन्जेलसम्म कक्षा १२ को परीक्षा, एसईईको उत्तरपुस्तिका परीक्षण, भर्ना अभियान लगायत कुनैपनि कार्यक्रममा सहभागी हुन नहुने धारणा राखेका छन् । महासंघले २८दिनदेखि गरेको आम शैक्षिक हड्तालको कारण ५५ लाख विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् । भने देशभरका करिब ३५ हजार सामुदायिक विद्यालय ठप्प छन् ।
नेपाल सरकारले गर्नुपर्ने निर्णयहरु
१. सबै शिक्षक-कर्मचारीको स्वास्थ्य उपचारकालागि सात ओटै प्रादेशिक अस्पताल र काठमाडौं स्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यबस्था गर्ने ।
२. राहत, अस्थायी / करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको विरामी विदा सञ्चित हुने र त्यो वापतको रकम अवकाशको बखत एकमुष्ठ प्रदान गर्ने ।
३. प्रारम्भिक बाल विकास सहजकर्ता(बाल विकास शिक्षक) र विद्यालय कर्मचारी लेखापाल ) को लागि खरिदार सरह दरबन्दी कायम गरी सो पद वमोजिम (प्रति महिना ३२,९०२/- ) तलव उपलब्ध गराउने । त्यसैगरी कार्यालय सहयोगी हकमा श्रेणी विहिन कर्मचारी सरह प्रति महिना रकम रु.२६०८२ । – उपलब्ध गराउने । सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने ।
४. आ व २०८२/०८३ बाट स्थायी शिक्षकमध्ये प्रथामिक तृतीयका लागि खरिदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र नि मा तृतीयको नायव सुब्बा सरह ( १० ग्रेड), माध्यमिक प्रथमको सहसचिव सरह( ७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्ने ।
५.स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने । साथै लामो विदा ( ४५ दिने ) मा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने ।
६.संस्थागत विद्यालयका शिक्षक/कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने ।
७ नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरु सँगै राख्ने ।
८. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलव तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने
व्यवस्था गर्ने ।
सञ्चालन बखत गरिएको आन्दोलन चलिरहेको
९. ने. शि. महासङ्घद्वारा प्रधानाध्यापक/शिक्षक/कर्मचारी माथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलव भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कार्यबाही बदर गरिनु पर्ने ।
प्रतिक्रिया