वैशाख १९ गते राष्ट्रपतिले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।यही वैशाख १९ गते दुवै सदनको बैठकलाई सम्बोधन गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने बताए ।

बैठकले मन्त्री, सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको उनले बताए ।