जुम्लामा छायांकन भइरहेको फिल्म कल्लीको सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ। सार्वजनिक अर्पण थापाको लुक्सले दर्शकमा कौतुहलता पैदा गराएको छ।
निर्माण पक्षले फिल्म आगामी वर्षको कात्तिक २१ गते रिलिज गर्ने घोषणा गरेको छ। फिल्म तिहारको दुई सातापछि रिलिजमा आउनेछ। लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा हिमाल कडरिया र अमलादेवी राईद्वारा निर्माणाधीन फिल्ममा महेश दवाडीको लेखन र निसाल पौडेलको छायांकन रहेको छ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माणाधीन फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपालीलगायतका कलाकारले अभिनय गरिरहेका छन्।
प्रतिक्रिया