आरआर क्याम्पसको स्ववियु चुनाव चैत १६ गते


काठमाडौं। 

स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन यही  चैत १६ गते हुने भएको छ। नियमित पक्रिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गत चैत ५ मा गर्नु पर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाए पछि स्थगित भएको थियो ।

 आज बसेको बिधार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए ।

सो क्याम्पसमा ५ हजार १४७ जना मतदाता रहेका छन् ।