हेटौंडामा बेवारिसे प्रेसर कुकर भेटियो


हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएको छ। सडक छेउको बिजुलीको पोलसँगै उक्त प्रेसर कुकुर देखिएपछि खतराजन्य वस्तु हुनसक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हाल घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको जिल्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको छ।