काठमाडौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)नियुक्ति पार्टी नभई सरकारको निर्णय भएको बताएका छन्।
बुधबार गोरखामा आयोजित पत्रकार भेटघाटमा बोल्दै बुर्लाकोटीले आफू दिनभर गोरखाका कार्यक्रममा व्यस्त रहेकाले पार्टीको कुनै पनि तहमा यस विषयमा संवाद गर्न नपाएको बताए।
पछिल्ला दिनमा विकसित घटनाक्रमको विश्लेषण गर्दा नयाँ (आईजीपी) नियुक्ति उपयुक्त हुने ठानेर सरकारले निर्णय गरेको हुन सक्ने उनको भनाइ छ।











प्रतिक्रिया