काठमाडौँ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कामलाई सरकारले शून्य अंक दिएको छ । आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन मूल्याङ्कनका आधारमा घिसिङले शून्य नम्बर पाएका हुन् । ऊर्जा मन्त्रालयले यसबारे घिसिङलाई औपचारिक जानकारी भने दिइसकेको छैन ।
यद्यपि घिसिङले भदौ मसान्तसम्ममा मूल्याङ्कनका लागि विवरण पेस गर्नुपर्नेमा ढिला गरेकोले उनलाई शून्य नम्बर दिइएको बताइएको छ ।
घिसिङले बिहीबार गत पुस २५ गते आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्याङ्कनका विवरण पेस गरेका थिए ।











प्रतिक्रिया