आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई सभापति देउवाको निर्देशन

2.35k
Shares

बुटवल। 

नेपाली कांग्रेसका सभापति एवं  पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले नपाली कांग्रेस र नेकपा एमालेबीच  भएको गठबन्धनको सरकारलाई एकताबद्ध भई अगाडी बढाउन आवश्यक रहेको बताएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार देखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै  देउवाले उक्त भनाई राखेका हुन् । 

केपी शर्मा ओली र आफूबीच  सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाईको सरकार बने पनि पूर्ण रुपमा बहुमत नपुगेको बताए । त्यसकारण पनि गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने उनले औँल्याए ।उनले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको बताउँदै  प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको जिकिर गरे । उनले नेपाली कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरुलाई आपसमा छलफलबाट पार्टीलाई जिवन्त पार्टीको रुपमा अगाडी बढाउनुपर्ने बताए । 

संयोजक पूर्ण बहादुर खडकाले कार्यक्रममा पार्टी संग जोडिएका बिषयहरु, पार्टीका महत्त्वपूर्ण कामहरु, २०४६ साल पछि नेपाली कांग्रेस सरकारमा हुदा गरेका नितिगत सुधारका कामहरु, मुलुकको संविधान, संघियताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको अभियान, पार्टी संगठनसंग जोडिएका विषयहरु र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रहरुसंग जोडिएका अन्र्तसम्वन्धका विषयहरुको बारे प्रस्तुती रहने बताए । यस्तै समसामायीक विषय वस्तुहरुसंग जोडिएका गरी विभिन्न ६ वटा विषयमा प्रस्तुती करण गरी छलफल गरिने छ । 

दोस्रो दिन ७ वटा समूह विभाजन गरी सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्या लगायतका बारे गहन छलफल गरी सुझाव प्राप्त गरिनेछ । सहभागी २ जना मन्त्रीहरुले जानकारी दिने कार्यक्रम तय भएको उनको भनाई छ । यसका लागि परराष्टमन्त्री आरजु राण देउवा र गृहमन्त्री रमेश लेखक पनि भैरहवा आइपुगेका छन्  । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ ।