काठमाडौं ।
काठमाडौँको कालीमाटी तरकारी बजार नजिकै एक व्यक्ति मृत भेटिएका छन्।
मृत फेला पर्नेमा मकवानपुरका रामकृष्ण दाहाल रहेका छन् ।
दाहाल बुधबार बिहान ७ बजे तरकारी बजारको दक्षिणतिरको एक टहराको माथिल्लो तलामा मृत भेटिएका थिए।
उनको शरीरका केही भागमा गहिरो चोटसमेत देखिएको छ र हत्या भएकोसमेत हुन सक्ने प्रहरीको अनुमान छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया