काठमाडौं ।
तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएका ७८ वटा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा उक्त दुर्घटना भएका हुन्।
सो अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९५ जना र लागुऔषध सेवन गरी सवारी चलाउने १८ जना चालकलाई कारबाही गरिएको छ। तीव्र गति तथा लापरवाहीपूर्वक सवारी चलाउनेसहित कुल २ हजार २११ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिमा आधारित निगरानी र कारबाहीलाई तीव्रता दिइएको बताए।
उनका अनुसार थापाथलीदेखि बानेश्वर क्षेत्रसम्म फेसलेस ट्राफिक व्यवस्थापनका लागि प्रविधिमार्फत निगरानी गर्ने प्रक्रिया पनि सुरु गरिएको छ।











प्रतिक्रिया