काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलरमट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।
निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेलरमट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।
नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

प्रतिक्रिया