काठमाडौं ।
आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ ले पराजित ग¥यो । एक्सेल्सियरका सोङमेन तामाङले १९ अंक जोडे । भ्याली भ्युले ह्वाइटफिल्डलाई ४२–१३ ले सहजै हरायो । भ्याली भ्युका गणेशबहादुर विष्टले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै एलआरआईले निःसर्ग वाटिकालाई ४९–२७ तथा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४५–१६ ले पाखा लगाए । एलआरआईका ¥युची श्रेष्ठले १९ र रेडियन्ट पब्लिकका रविन्द्र खत्रीले १५ अंक जोडे ।
यस्तै, प्रतियोगिताअन्तर्गत ब्वाइज फुटसलतर्फ यु–९ को सेमिफाइनलमा एक्सेल्सियर र संस्कृति तथा राई स्कुल र काभ्या भिड्ने छन् । यु–११ मा एक्सेल्सियर ‘नीलो’, भ्याली भ्यु, काभ्या, न्यु जेनिथ, द चाँदबाग, राई स्कुल, स्वस्तिश्री गुरुकुल र जोन डेवी क्वार्टरफाइनलमा पुगे ।
प्रतिक्रिया