काठमाडौं ।
मानव बेचबिखन र ठगी गरेकाे अभियाेगमा अछामका कांग्रेस क्षेत्रीय सभापति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल रहेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद गरेकाे छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया