केन्ड्रिक लामारलाई ५ रवियोन्सेलाई ३ ग्रामी अवार्ड


एजेन्सी ।

विश्व संगीत जगत्मा सर्वाधिक प्रतिष्ठित ग्रामी अवार्डको ६७औं संस्करण नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस–एन्जलसस्थित क्रिप्टो एरिनामा सम्पन्न भएको छ।

समारोहमा र्‍याप गायक केन्ड्रिक लामारले नट लाईक असबाट सर्वाधिक ५ अवार्ड आफ्नो बनाए। उनले उत्कृष्ट गीत, रेकर्ड अफ द इयर, उत्कृष्ट र्‍याप गीत, र्‍याप पर्फमेन्स र म्युजिक भिडियो विधाका अवार्ड चुमेका हुन्।

त्यस्तै ११ विधामा मनोनयनमा परेकी बियोन्सेले ३ विधामा अवार्ड जितिन्। उनले आफ्नो एल्बम काउब्वाई कार्टरबाट उत्कृष्ट एल्बम, कन्ट्रि गीत र माइली साइरसका साथ सेकेन्ड मस्ट वान्टेडबाट समूह प्रस्तुति गरि ३ ग्रामी अवार्ड जितिन्। यो स“गै सन् १९९९ पछि सर्वोत्कृष्ट एल्बम विधाको अवार्ड जित्ने उनी पहिलो अश्वेत महिला बनेकी छ।

त्यस्तै चपेल रोनले नव कलाकार, लेडी गागा र ब्रुनो मार्सको डाइ विथ अ स्माइलले संयुक्त पप प्रस्तुति, बिटल्सको नाउ एण्ड देनले उत्कृष्ट रक प्रस्तुति, द रोलिङ स्टोन्सको हाक्नी डाईमण्डसले रक एल्बमको अवार्ड चुमेको छ।

सब्रिना कार्पेन्टरको सर्ट एण्ड स्विटले पप भोकल एल्बमको अवार्ड चुम्दा उनकै एस्प्रेसोले एकल प्रस्तुति, जस्टिस एण्ड टिम ईम्पालाले नेभरेन्डरबाट डान्स र ईलेक्ट्रोनिक रेकर्ड चार्ली एक्स सि एक्सको ब्राटले डान्स एलेक्ट्रोनिक एल्बम र उनकै गीत भाने डचले बेस्ट डान्स पप रेकर्डींङको अवार्ड जित्दा नोरा जोन्सको भिजनले ट्रेडिसनल पप भोकल एल्बमको अवार्ड चुम्यो।

त्यसै गरी सेन्ट भिन्सेन्टको अल बर्न स्क्रिमिङले अल्र्टनेटिभ म्युजिक एल्बम, मिया क्लुपाले मेटल पर्फमेन्स, थ्री एएमले उत्कृष्ट र्‍याप प्रस्तुति, एलिगेटर बिट्स नेभर हिलले र्‍याप एल्बम, कन्ट्रि विधातर्फ क्रिस स्टापलेटनको ईट टेक्स अ वुमनले एकल प्रस्तुति, बियोन्से र माइली साइरसको सेकेण्ड मोस्ट वान्टेडले समूह प्रस्तुति र द आर्कीटेकले गीतको अवार्ड चुम्यो। आर एण्ड बी र एफ्रोविटअन्तर्गत सो ग्ल्याड टु नो युले प्रोग्रेसिभ एल्बम, क्रिस ब्राउनको इलेभेन इलेभनले एल्बम, मेड फर मीले प्रस्तुति, स्याटर्नले गीत र लभ मी जेजेले अफ्रिकन संगीत प्रस्तुतिको अवार्ड चुम्दा उत्पादन तथा गीत लेखन अन्तर्गत नन क्लासिकलमा डेनियल नेग्रो विजेता बने भने एमी एलेनले गीतकारको अवार्ड चुमे।

फिल्म तथा टेलिभिजन संगीतअन्तर्गत द ड्रिमर उत्कृष्ट कमेडी एल्बम, ड्युन पार्ट २ ले साउन्ड ट्रयाक फर भिजुअल मिडिया, इट नेभर वेन्ट अवेले भिजुअल मिडिया गीत, जिमी कार्टरले अडियोबुक न्यारेसन र अमेरिकन सिम्फोनीले म्युजिक फिल्मको अवार्ड चुमे।