काठमाडौं ।
छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा चार जानकाे मृत्यु भएकाे छ ।
सिराहा, सखुवानान्कारकट्टी गाउँपालिका-३ पेट्रोल पम्पस्थित सडकमा प्रदेश १-०५-००२ प १५६३ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने ३० वर्षीय मनिष रायमाझीको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । गुल्मी, कालिगण्डकी गाउँपालिका-२ बिसौनास्थित सडकमा लु.३ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब ६० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका-२ अर्बेनी बस्ने ५५ वर्षीय देब बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, ब्याँस नगरपालिका-१२ कमलघारीस्थित सडकमा एचआर ५५ क्यू ४७११ नम्बरको ग्याँस बुलेट ट्याङकर शनिबार साँझ दुर्घटना हुँदा चालक भारत बिहार राज्य सीतामढी घर भएका ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ स्थित सडकमा भे.१० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका-१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया