सेफ पुत्र इब्राहिम बलिउडमा डेब्यु गर्दै


अभिनेता सेफ अली खान र उनकी पूर्व पत्नी अभिनेत्री अमृता सिंहकी छोरा इब्राहिम अली खान पनि अब बलिउड फिल्म नगरीमा प्रवेश गर्ने भएका छन्।

बलिउड फिल्म निर्माता करण जोहरले हालै सामाजिक सञ्जालमा ईब्राहिमको तस्विरसहित एक पोस्ट गर्दै यसको जानकारी दिएका हुन्।

‘म नयाँ प्रतिभाको लागि मार्गप्रशस्त गर्न चाहन्छु। त्यसैले पर्खनुहोस्, इब्राहिम अली खान पटौदी जो छिट्टै पर्दामार्फत तपाईंको हृदयमा पुग्नेछन्’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ‘मैले अमृतासँग पहिलोपटक भेट्दा म १२ वर्षको थिएँ। त्यतिबेला उनी मेरो बुवाका साथ फिल्म दुनियाँमा काम गरिरहेकी थिइन्। त्यो पहिलो भेटको सबैभन्दा यादगार कुरा भनेको हामीले चाइनिज डिनर खाएका थियौँ भने जेम्स बन्डको फिल्म हेरेका थियौँ।’

करण अमृताको जस्तै बानी उनको छोराछोरीमा समेत रहेको जनाएका छन्। करणले अभिनेता सेफस“गको पहिलो भेट सम्झिँदै लेखेका छन् ‘मैले सैफलाई पहिलोपटक अन्जु महेन्द्रुको अफिसमा भेटेको थिएँ। मैले आज उनको छोरा ईब्राहिमलाई भेटेजस्तै त्यो बेला उनी जवान थिए।’

करणले पुस्तौँदेखि आफूहरूको मित्रता कायम रहेको र यो क्रम आफ्ना सन्तानहरूबीच पनि रहेको बताएका छन्। ईब्राहिमले धर्मा प्रोडक्सन ब्यानरको फिल्म सरजमींबाट बलिउडमा डेब्यु गर्ने भएका हुन्। करण जोहरले आलिया भट्ट, वरुण धवन, जान्हवी कपुर, इशान खट्टरलगायतका स्टार किडलाई बलिउडमा डेब्यु गराएका छन्।