अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी


काठमाडौं ।

अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। अखिलको नयाँ नेतृत्वका लागि मंगलबार गरिएको मनोनयनका क्रममा अध्यक्षका लागि सुदिन पौडेल, उपदेश यादव, हेमन्त राई, विजय प्रकाश सापकोटा, योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी दिएका हुन्।

त्यस्तै उपाध्यक्षमा समीर बुढाथोकी र सञ्जीव चौधरीसहित ११ जनाले र महासचिवमा ८ र कोषाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन्। सर्भर डाउन भएका कारण निर्वाचन समितिले आधिकारीक रुपमा अहिलेसम्म उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अखिल क्रान्तिकारीका पदाधिकारीबारे सहमति नजुटेपछि चुनाव हुन लागेको हो।

अखिल क्रान्तिकारीमा ३३ पदाधिकारीसहित दुई सय ४३ सदस्यीय कमिटीका लागि माघ १२ गते निर्वाचन हुँदैछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।