दिल्लीमा नेपाल–भारतका झण्डा सजाइयो


काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह आइतबार भारत भ्रमणमा जाने भएका छन् । उनको भ्रमणका लागि नयाँ दिल्लीमा स्वागत तथा अन्य तयारी अन्तिम चरणमा पुगेको छ ।प्रधानमन्त्री शाह आइतबार दिउँसो ३:१५ बजे नयाँ दिल्ली पुग्नेछन् । सोही दिन साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोमबार बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागतपछि प्रधानमन्त्री शाहले राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ ।

भेटवार्तापछि दिउँसो १२:२५ बजे दुई देशबीच भएका सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।सोमबार दिउँसो ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे स्वदेश फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।