सुदूरपश्चिमलाई उपाधि दिलाएका मुन्सी


काठमाडौं, (नेस)

जर्ज मुन्सीको प्रदर्शन नेपाल प्रिमियर लिग (एनपीएल) को यस तेस्रो संस्करणमा फाइनलभन्दा अगाडि खासै राम्रो भएको थिएन । क्वालिफायर १ मा लुम्बिनीसँग खेल्दा उनी शून्यमै आउट भएका थिए । उनलाई रुबेन ट्रम्पलम्यानले बोल्ड गरेका थिए । यो खेल सुदूरपश्चिमले हारेर दोस्रो क्वालिफायर खेल्नु परेको थियो ।

दोस्रो क्वालिफायर पनि मुन्सी जम्न सकेनन् । उनी ८ रनमै पभेलियन फर्के । तर, यो खेल भने सुदूरपश्चिमले जितेर एनपीएलको इतिहासमा लगातार तेस्रोपटक फाइनलको यात्रा तय ग¥यो ।

फाइनलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १ सय ५५ रन बनाउँदा प्रायजसोले बताए कि यसपटक पनि सुदूरको हातमा ट्रफी नआउने सोचिसकेका थिए । तर, कीर्तिपुरको चिसो मैदानमा बायाँ हाते ब्याटरले निकै आक्रमक खेल देखाए । उनको ब्याटले चौका छक्काको वर्षा नै ग¥यो ।

मुन्सीको आक्रमक ब्याटिङमा रन लगातार बनिरहेको थियो । उनले ५० रन पूरा गर्दा २८ बलको सामना गरे । यसपछि उनले ४९ बलमै शतक पनि पूरा गरेका थिए । उनले यसपटक २१ बलमा ५० रन बनाए । त्यसपछि ५ बलमा उनले २५ रन बटुलेर ५४ बलमै १ सय २५ रन बनाए । उनको उत्कृष्ट ब्याटिङले गर्दा अर्का ओपनर ब्याटर विनोद भण्डारीले कुनै जोखिम उठाउनु परेन ।

खेलपछि मुन्सीले बताए–म १५ रनमा खेलिरहँदा समर्थकहरूले मेरो नाम लिन थाले, त्यसैले मैले सोचेँ, उनीहरूका लागि केही त गर्नैपर्छ । यहाँका समर्थकहरू साँच्चै अद्भुत छन् । यहाँका मानिसहरू निकै असल छन् । खेलाडीहरूको धेरै राम्रो हेरचाह गरिन्छ र यहाँको क्रिकेट पनि उत्कृष्ट छ । विदेशी खेलाडीहरूका लागि यो एउटा निकै राम्रो ठाउँ हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।