काठमाडौं, (नेस) ।
आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार ह्याट्रिक जित निकालेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा जित हात पा¥यो ।
सिनियर ब्वाइजमा रेडियन्टले एक्सेल पब्लिकलाई ५१–८ को विशाल अन्तरले पराजित ग¥यो । रेडियन्टका विदान कार्कीले २१ स्कोर गरे । अन्य खेलमा ज्ञानोदयले बेबी एन्जललाई ३४–६, मोक्षदाले सभ्यता पाठशालालाई २३–२०, केभीएस, रानीवनले ओएसिस्लाई ४२–१७, पुष्पसदनले राइजिङ स्टारलाई ४१–२९ र स्वर्णिमले द एक्सेल्सियर स्कुललाई ३७–१४ ले हराए ।
ज्ञानोदयका साइमन क्षेत्रीले १७, मोक्षदाका सन्दिप श्रेष्ठले १२, केभीएसका थाङसाङ लिम्बूले १५, पुष्पसदनका अनिश कुँवरले १६ र स्वर्णिमका श्रोत्तम कार्कीले १४ अंक जोडे ।
सिनियर गल्र्समा रेडियन्टले केभीसी, रानीवनलाई २०–१० तथा निसर्ग वाटिकाले स्वर्णिमलाई २१–११ ले पाखा लगाए । रेडियन्टकी प्रीतिका रसाइलीले ८ तथा निसर्गकी आश्रा राजभण्डारीले १४ अंक बटुले ।
जुनियर ब्वाइजमा रेडियन्टले ह्वाइटफिल्डलाई १८–७ तथा रातो बंगलाले ओएसिस्लाई १८–५ ले पन्छाए । रेडियन्टका जेनिश लामिछानेल तथा रातो बंगलाको सुरान्शले समान ६–६ अंक जोडे ।








तपाईंको विचार लेख्नुहोस्