रीमा श्रेष्ठको ‘अधुरो सपना ३’ सार्वजनिक


काठमाडौं ।

गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ “अधुरो सपना-२” अत्यधिक सफलता पछि “अधुरो सपना ३” बोलको गीतको भिडियो रिलिज गरिएको छ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका रेमन्ती राई को र गायक किरण गजमेरको स्वर छ । अम्बर तुम्बापो सुब्बाको सङ्गीत र सञ्जीव बरैलीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । 

माया हेराई भोगाई जस्तै महसुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ‘अधुरो सपना“ र “अधुरो सपना-२” प्रथम भाग रहेको “अधुरो सपना-३ ” गीतको भिडियोमा बाल्यकालको सपनामा देख्न सकिन्छ । यस गीतको निर्माता कुशल गुरुङ हुन् । दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन् ।

उक्त गीतको छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

हेर्नुहोस् यो मर्मस्पर्शी गीतको भिडियो