अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार


एजेन्सी ।

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। अज्ञात व्यक्तिले गए राति उनीमाथि चक्कु प्रहार गरेका हुन्। एक अज्ञात व्यक्ति खानको बान्द्रास्थित घरमा प्रवेश गरेपछि सैफ र ती व्यक्तिबीच हातपात भएको थियो।

सोही क्रममा खान चक्कु प्रहारबाट घाइते भएका बीबीसी हिन्दीले जनाएको छ। सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ। अहिले उनको उपचार भइरहेको छ। हाल उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।