एजेन्सी ।
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले क्रिसमसको अवसरमा करोडौंको उपहार पाएकी छन्। उनलाई २ सय करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले जेलबाटै सो उपहार पठाएका हुन्।
बलिउड सञ्चार माध्यमका अनुसार सुकेशले क्रिसमसको अवसरमा एक पत्र पठाउँदै आफूले ज्याकलिनको नाममा फ्रेन्च भाइनयार्ड (अंगुरको बगैँचा) खरिद गरेको बताएका छन्। उनले चिठीमा ज्याकलिनलाई केही समय कुर्न पनि
भनेका छन्।
‘तिमीबाट टाढा बस्दा मलाई तिम्रो लागि सान्ता क्लज बन्नबाट रोक्न सक्दिन। मेरो प्रिय, यो वर्ष तिम्रो लागि मेरो तर्फबाट विशेष उपहार छ। म तिमीलाई वाइनको बोतल मात्र होइन, फ्रान्समा रहेको एउटा भाइनयार्ड पनि उपहार दिन चाहन्छु। जसको बारेमा तिमीले कहिल्यै नसाचेको हुन सक्छ’ उनले चिठीमा लेखेका छन्।
साथै सुकेशले ज्याकलिनको हात समातेर सो बगैँचामा हिँड्नेबारे सोच्दा उत्साहित भएको र सारा दुनियाँलाई आफू पागल लागे पनि आफू ज्याकलिनको मायामा पागल भएको उल्लेख गरेका छन्। ‘म बाहिर नआउञ्जेल पर्ख। त्यसपछि सारा संसारले हामीलाई सँगै देख्नेछन् सुकेशले पत्रमा लेखेका छन्।
सुकेश केही वर्षदेखि दुई सय करोड भारतीय रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा जेलमा छन्। अनुसन्धानको क्रममा ज्याकलिन र सुकेशको प्रेम सम्बन्ध रहेको तथा सुकेसले ज्याकलिनलाई महंगो उपहार र नगद दिएको खुलेको थियो। त्यसपछि ज्याकलिनमाथि पनि अनुसन्धान भएको थियो।
प्रतिक्रिया