बाराको रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ


काठमाडौं ।

रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत ३२ जेठमा कुशवाको हत्या भएको थियो।

उनको हत्यामा संलग्न रही फरार भएका सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।