७१ किलो गाँजासहित २ जना पक्राउ


हेटौंडा। 

प्रहरीले ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार राति १२ः३० बजे हेटौंडा–१९, तीनताप्केस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा गाँजासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने वर्ष २० का मिलन घलान र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–९ बस्ने वर्ष २६ को दावा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बर पिकअप चेक गर्ने क्रममा उनीहरुको शरीर तथा पिकअप गाडी खानतलासी गर्दा गाडीको चालक बस्ने सिटमुनि लुकाइल्याइएको अवस्थामा गाँजा फेला परेको हो । लागुऔषध, पिकअप गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।