उषा गजुरेलको ‘हजुरको माया’ बजारमा


काठमाडौं ।

गायिका उषा गजुरेलको लोक आधुनिक गित ‘हजुरको माया’ले बजारमा आएको छ । उषा गजुरेल र सुरज पंडितको आवाजमा बजारमा आएको यो तेस्रो गित हो । यस अघि उषा गजुरेल र सुरज पंडितको आवाजमा ‘स्वास’ र ‘कानैमा माडुली दिउँला’ बजारमा आई सकेको छ ।

‘हजूरको माया’ले गितको लेखन तथा सङ्गित सुरज पंडितकै रहेको छ भने गितको व्यवस्थापन उदयराज पौडेलको रहेको छ । प्रिजम स्टुडियोमा रेकर्ड भएको गितको निर्माता संम्राट दहाल रहेका छन् ।

म्युजिक भिडियोमा कुशल बिष्ट र श्वेता मिश्रको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन नारायण मगर तथा सम्पादन दिनसन शाहले गरेका छन् । म्युजिक भिडियोको नृत्य निर्देशन सोनी श्रेष्ठको रहेकाे छ । त्यसैगरी भिडियो छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका छन् ।

हजूरको मायासंगै गायिका उषा गजुरेलको स्वास, मौसम, यो सोझो पल्कियो, मायाको सम्झना र आमा बजारमा आइसकाे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।