ललितपुर
वरिष्ठ हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्य ६८ वर्षको जन्मदिन सोमबार पाटन दरबार क्षेत्रमा मनाइयो।
पाटनका शुभेच्छुकहरुले कलाकार आचार्यको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै नेवाः परम्परा अनुसार सगुन दिइएको थियो। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, नरेन्द्र कंसाकार र शिवहरि पौडेल लगायतको उपस्थितिमा कलाकार आचार्यलाई खादा ओढाई सगुण दिइएको थियो।

सो अवसरमा ललितपुर महानगरपालिका– १६ वडा कार्यालयका तर्फबाट वडाध्यक्ष निर्मलरत्न शाक्यले आचार्यलाई सम्मानपत्र प्रदान गरे । खुल्ला ठाउँमा आचार्यको जन्मदिन मनाइरहँदा दरबार क्षेत्रमा घुम्न आएका विद्यार्थी, पर्यटकहरुसमेतले आचार्यलाई जन्मदिनको शुभकामना व्यक्त गरे।

वडाले तीन वर्ष अघि कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन मनाएको थियो। यसैबीच सोही अवसरमा रोटरी क्लब अफ ललितपुर, नेपाल अर्बुद रोग निवारण संस्था ललितपुर शाखा, मदनदेवी फाउण्डेशन, वडाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कलाकार आचार्यले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै रक्तदानको शुभारम्भ गरिएको थियो।











प्रतिक्रिया