मोडल हन्ट नेपालको नवौं संस्करण शुरू भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नयाँ संस्करणको आवेदन खुल्ला भएको जनाएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान रहेको छ। सहभागी प्रतियोगीको उमेर १६ देखि २८ वर्ष हुनुपर्ने प्रावधान तोकिएको छ। प्रतियोगिताअन्तर्गतको प्रारम्भिक चरणको अडिसन आगामी मंसिर ७ गतेबाट शुरू हुने आयोजकले जानकारी गराएका छन्।
अडिसनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन्। एक महिनाको प्रशिक्षणको क्रममा उनीहरूले व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायत ग्रुमिङकक्षा
पनि लिनेछन्।
प्रतियोगिताका विजेताले ५ लाखबराबरको पुरस्कारका साथमा अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स्की कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी गराएकी छन्।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउने र व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि नियमित आयोजना गरिँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।
प्रतिक्रिया