दुबईबाट काठमाडौं आएको विमानले लगेज छुटाइदिए पछि यात्रु मर्का


काठमाडौं ।

दुबईबाट काठमाडौं आएको रोयल नेपाल एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका छन् ।

बिहिवार बिहान १० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल नेपाल एयरलाइन्सको उडान नम्बर RA २३० विमान ओर्लिएको थियो ।

सोही विमान चढेर काठमाडौं आएका एक यात्रुले दशैं मनाउन आउँदा लगेज नै छुटेकाे बताए । लगेजमा दशैंका लागि किनमेल गरेका सामानहरु त्यही छुट्दा खल्लो भएकाे बताए । ती यात्रुका अनुसार दुबई एयरलाइन्सका कर्मचारीहरुले शनिबार विजया दशमी अर्थात दशैँ टिकाकाे दिन सुरक्षित रुपमा लगेज उपलब्ध गराउने बताएका छन् ।