काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको काठमाडौंले पाँच खेलमा चार जित निकालेको छ भने एक खेलमा पराजित भएको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले भने ६ खेलमा चार जित र दुई हार बेहोरेको छ ।
आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् । चितवन पाँच खेलमा दुई जित, दुई हार र एक खेल वर्षाका कारण रद्द भएपछि पाँचौँ स्थानमा छ । यस्तै, जनकपुरले ६ खेलमा दुई जित र चार हारसहित छैटौँ स्थानमा रहेको छ ।











प्रतिक्रिया